बाइडेनले मंगलबारको बहसभन्दा अघि वा पछि आफ्नो ‘स्वास्थ्य परीक्षण गरून्’: ट्रम्प
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार आफ्नो प्रतिद्वन्दी जो बाइडेनको मङ्गलबारको पहिलो बहस अघि वा पछि स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरेका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले अमेरिकी राष्ट्रपतिका लागि गरेका प्रचारप्रसारका क्रममा देखिएको ‘निद्रा’ र आक्रामक शैलीप्रति व्यङ्ग्य गर्दै ट्रम्पले बाइडेनको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएका हुन् ।
राष्ट्रपति ट्रम्पले ट्वीटमार्फतले लेखे, “निर्वाचनको अभियानमा रहेका बाइडेनको शारीरिक व्यवहारले परीक्षणको आवश्यकता देखाउँछ । मेरो दृढ माग मङ्गलबार राति बहस हुनुभन्दा अघि वा पछि उहाँको परीक्षण होस् भन्ने हो ।”
ट्रम्पले आफ्नो दावीको लागि कुनै ठोस प्रमाण पेश नगरिकन नै भने, “स्वाभाविक रूपमा, म पनि ‘एउटा’ लिन सहमत छु । निर्वाचन बहसलाई हल्का रूपमा राख्न अमेरिकी इतिहासमा मैले रेकर्ड स्थापित गरेको छु । बाइडेनमा ड्रग्सको विसंगति देखिएको हुन सक्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए