नबिल शेयर लोनको शुरुवात

काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार (NEPSE) मा कारोबार हुने शेयरहरु धितो राखी सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा उपलब्ध गराउने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकले सो कुराको जानकारी दिएको हो । बैंककाअनुसार रु. ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५∞ को आकर्षक ब्याजदरमा उपलब्ध छ । बैंकले आगामी बडा दशैंको अवसरमा राष्ट्र बैंकको मार्ग निर्देशनभित्र रहेर नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने जनाएको छ ।
नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । यसका देशभर ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो । साथै यसले नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टिसहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आºनो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्नेतर्फ केन्द्रित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छलफलका लागि गएका शिक्षक नेताहरू सिंहदरबार गेटबाटै किन फर्किए ?
-
एक पुरुष मृत फेला
-
चैत १५ को घटनाले तात्यो संसद्, राजावादीको हर्कतबारे सत्तापक्ष र विपक्षीका आ–आफ्नै तर्क
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० जनाको टोली लिएर भारत जाँदै
-
अस्पताल बनाएर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन : मुख्यमन्त्री लामा
-
पर्यटन प्रवर्द्धन गर्न हेटौँडा- सौराहा साइकल यात्रा