शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नबिल शेयर लोनको शुरुवात

आइतबार, ११ असोज २०७७, २२ : ५४
आइतबार, ११ असोज २०७७

काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार (NEPSE) मा कारोबार हुने शेयरहरु धितो राखी सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा उपलब्ध गराउने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकले सो कुराको जानकारी दिएको हो ।  बैंककाअनुसार रु. ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५∞ को आकर्षक ब्याजदरमा उपलब्ध छ । बैंकले आगामी बडा दशैंको अवसरमा राष्ट्र बैंकको मार्ग निर्देशनभित्र रहेर नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने जनाएको छ ।

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । यसका देशभर ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो । साथै यसले नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टिसहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आºनो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्नेतर्फ केन्द्रित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप