बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा ३४ वर्षदेखि फरार अभियुक्त पक्राउ

आइतबार, ११ असोज २०७७, २२ : २५
आइतबार, ११ असोज २०७७

सिन्धुपाल्चोक । आफ्नै गाउँका एक जनाको हत्या गरी फरार भएका लिशङ्खुपाखर गाँउपालिका–७ का एकजना ३४ वर्षपछि पक्राउ परेका छन् । फुर्पा तामाङले विसं २०४३ असोज २० गते दशैंको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीया जोगलाल तामाङको हत्या गरी फरार भएका थिए ।

फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठकर गरी सजाय तोकेको थियो । सजाय तोकेको ३४ वर्षपछि जिल्ला प्रहरी कार्यालय, चौतारा र प्रहरी चौकी, लामोसाँघुबाट खटएिको टोलीले आज पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप