शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निजी प्रयोगशाला सञ्चालकहरुको निर्णय : ‘मन्त्रालयबाट ठोस निश्कर्ष नआएसम्म पीसीआर शुल्क ३ हजार ८ सय ९९’

आइतबार, ११ असोज २०७७, २२ : १०
आइतबार, ११ असोज २०७७

प्राइभेट पीसीआर ल्याव तथा अस्पतालहरुले सरकारसँगको वार्ताबाट ठोस निश्कर्ष नआएसम्म पीसीआर परिक्षण शुल्क ३ हजार ८ सय ९९ लिने बताएका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै निजी प्रयोगशालाले लिने शुल्कको बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको र सो शुल्क निर्धारण गर्नुको वैज्ञानिक आधार मन्त्रालयलाई पेश गरेको जनाएका छन् ।

आठ वटा निजी प्रयोगशाला सञ्चालक तथा अस्पतालहरुले विज्ञप्ति जारी गर्दै पीसीआर परिक्षण शुल्कका बारेमा विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यममा आएका समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले आफूले प्रदान गरेको सेवा महत्त्वपूर्ण र उच्चस्तीय रहेको बताउँदै महामारीको अवस्थामा मन्त्रालय र निजी प्रयोगशाला सञ्चालकबीचको असमझदारीले कसैको हीत नहुने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ–‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्राइभेट ल्याव तथा अस्पतालहरु एक अर्काका पुरक हुन् । यो महामारीको अवस्थामा दुई निकाय बीचको असमझदारीले कसैको पनि हीत नहुने बेहोरा पनि औँल्याउन चाहन्छौँ । हाल मन्त्रालयले निर्धारण गरेको शुल्कको विषयलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेको सन्र्दभमा हामी निजी प्रयोगशाला तथा अस्पतालहरुले वैज्ञानिक तबरले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम निर्धारण गरेको शूल्क रु. ३ हजार ८ सय ९९ यथार्थ रहेको जानकारी गराउँछौँ ।’

निजी पीसीआर ल्याव तथा अस्पतालहरु स्टार अस्पताल, ह्याम्स अस्पताल, बि एण्ड बि अस्पताल, नेपाल मेडासिटी अस्पताल, डिकोड जिनोमिक्स अस्पताल, सौर्य हेल्थ केयर प्राली, सेन्ट्रल डायगनोष्टिक ल्याव, इन्ट्रप्रिड डायगनोस्टिक सेन्टरले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयसँग छलफल भइरहेको र नयाँ दररेट निर्धारण नहुन्जेलसम्म नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् ।

सरकारले पीसीआर परीक्षण शुल्क २ हजार तोकेपनि निजी प्रयोगशालाहरुले सो शुल्कमा लागत समेत नउठ्ने दावी गर्दै आफै शुल्क निर्धारण गर्दै पीसीआर परीक्षण गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप