शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा १०४ सङ्क्रमित थपिए

आइतबार, ११ असोज २०७७, २१ : २८
आइतबार, ११ असोज २०७७

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०४ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित सङ्ख्या तीन हजार ७७७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ६८ हजार ८३ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । सङ्क्रमितमध्ये हालसम्म ३३ जनाको मृत्यु भएको छ भने दुई हजार ६८९ जना निको भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५५ जना रहेको निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप