मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बसले स्कुटीलाई ठक्कर दिँदा तीनको  मृत्यु

आइतबार, ११ असोज २०७७, २१ : ००
आइतबार, ११ असोज २०७७

बसले स्कुटीलाई ठक्कर दिँदा आज साँझ तीन जनाको घटनास्थलमा मृत्यु भएको छ  । 

आज साँझ ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका १ पूर्वपश्चिम सडकखण्डको दुधौरा पुलबाट दुई सय मिटरपूर्व सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश नं२(०३)००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार चालक  निजगढ  नगरपालिका –१० लाल बस्ने  २६ वर्षीय तीर्थमान स्याङ्तान, निजकै श्रीमती  २३ वर्षीया ज्योति र   एक वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

बस चालक फरार भएको र निजको खोजतलास भइरहेको  छ  । दुवै सवारी प्रहरी नियन्त्रणमा छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप