बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नाका कडाइ नगर्दा भयावह अवस्था आयो : फोरम सचिव श्रेष्ठ

आइतबार, ११ असोज २०७७, २० : ५२
आइतबार, ११ असोज २०७७

उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरस सिंहदरबार प्रवेश नगरेसम्म नियम बनाउनेहरुको चेत नखुल्ने बताएका छन् । रफत् सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा उनले नगरपालिका फोरमले पटकपटक सिमा नाका कडाइ गर्न गरेको आग्रह अटेर गर्दा भयावह अवस्था आएको बताए ।

फोरमका सचिव श्रेष्ठले देशभरको सङ्क्रमितको सङ्ख्याको ५० प्रतिशत सङ्क्रमित उपत्यकामा देखिनु र नियन्त्रणमा जिम्मेवार निकायले लापरवाहीकै कारण कोरोना नियन्त्रण बाहिर पुगेको बताए । “हामीले सीमा नाका कडाइ गरौँ, उपत्यका जोगाउन बाहिरी जिल्लाबाट प्रवेश गर्न नदिऔँ र उपत्यकाभित्र लकडाउन खोलौँभन्दा प्रशासनले मानेन,” उनले भने । 

उपत्यकामा डरलाग्दो अबस्थामा सङ्क्रमण बढ्दै समुदायमा फैलिएको बताउदै उहाँले उपत्यकाबाट अव दशैं र तिहारको समयमा बाहिर जानेबाट देशैभर कोरोना सङ्क्रमणको दर वृद्धि हुने अवस्था रहेकाले सर्तकता अपनाउन आवश्यक रहेको भनाइ राखे। 

अब लकडाउनको अर्थ नभएको बताउँदै उनले भाइरस सङ्क्रमण बढी भएको क्षेत्रमा निषेधाज्ञा लगाउन भने सकिने बताउदै दशैं तिहारसम्म सङ्क्रमितको सङ्ख्याले एक लाख नाघ्ने बताए । उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञा कागजमै सीमित बन्दा उपत्यकामा महामारी फैलिएको उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप