बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरौं : बाबुराम भट्टराई

आइतबार, ११ असोज २०७७, २० : १४
आइतबार, ११ असोज २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टराईले  बलात्कार हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भइसकेको भन्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने जिकिर गरेको हुन् ।

नेता भट्टराईले राजतन्त्रकालका नमिता - सुनितादेखि गणतन्त्रकालका कञ्चनपुरकी निर्मला पन्त र बझाङकी सम्झना बिकको बलात्कारपछि हत्या भएको घटनाको आइतबार ट्वीटरमा उल्लेख गरे ।

गत बुधबार बझाङको मष्टा गाउँपालिकास्थित शिव मन्दिरभित्र १२ वर्षीया सम्झना बिक बलात्कारपछि हत्या गरिएको अवस्थमा भेटिएकी थिइन् । अपराधी नपक्रने र मुद्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई कारवाही जरुरी रहेको उनको भनाइ छ ।

कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको दुई वर्ष वितिसक्दा पनि अपराधी पत्ता लागेको छैन ।  उनले अदालतमा छुट्टै बेन्चको स्थापना गरेर अपराधीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् । 

भट्टराईले ट्वीटरमा लेखेका छन्,'राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो।अब यसो गरौं: १- अपराधी नपक्रने/मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाईकारबाही;२- अदालतमा छुट्टै बेन्चको स्थापना;३- अपराधीलाई मृत्युदण्ड!'

आइतबार काठमाडौंमा भएको प्रदर्शनमा पनि बलात्कारविरुद्ध कडा कानुन बनाउनका साथै दोषी ठहर भएका बलात्कारीलाई फाँसीको सजायसमेत दिन माग गरिएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप