केन्द्रीय संस्करण

पाल्पामा पहिरोले पुरिएर एक जनाको मृत्यु, रुपन्देहीमा महिलाको शव फेला

person explore access_timeअसोज ११, २०७७ chat_bubble_outline0

बुटवल । पाल्पमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका ३ शिखरडाँडा बस्ने वर्ष ३३ का राजकुमार थापामगरको पहिरोमा पुरिएको अवस्थामा आज शव फेला परेको हो । उनी घरदेखि पश्चिमतर्फ रहेको जंगलमा दाउरा लिन जाँदा पहिरोमा पुरिएर हराएका थिए ।

सोही सूचनाको आधारमा स्थानीय नागरिक, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलद्वारा खोजतलास गर्दै आएको थियो ।  उनलाई आज मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यता,रुपन्देही देवदहमा एक महिलाको शव फेला परेको छ । देवदह नगरपालिको नपा १२ कनपरास्थित रोहिणी खोला किनारको बगरमा अन्दाजी ५० वर्षकी महिलाको शव फेला परेको हो । आज  दिउँसो फेला परेको शवको विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले थप अनुसन्धान गरिहेको जनाएको छ । शवको पोष्टमार्टन गर्न भीम अस्पताल भैरहवा लगिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.