निजी अस्पतालमा कार्यरत चिकित्सकको सरकारलाई कडा चेतावनी

भक्तपुर । सरकारले हालै सार्वजनिक गरेको चिकित्सा सेवा नियमावली र एकीकृत परीक्षाको सूचनाका केही बुँदामा नीजि अस्पतालमा कार्यरत चिकित्सकहरुले आपत्ति जनाएका छन् । आइतबार भक्तपुरको सानोठिमीस्थित चिकित्सा सेवा आयोगमा धर्ना दिदैं उनीहरुले केही बुदाँहरु पुनरावलोकन र परिमार्जन गर्न माग गरेका छन् ।
उनीहरुले सिट बाडँफाँडको विषयलाई मुख्य विषय बनाएका हुन् । खुल्ला प्रतिस्पर्धामा देखिएको अस्वस्थ प्रतिस्पर्धा र म्याचिङको अस्पष्ट व्यवस्थाले चिकित्सा शिक्षा र विभेदकारी र अन्यायपूर्ण भएको उनीहरुको भनाई छ ।
विभेदकारी बुँदाले देशका कूल चिकित्सकहरुको ९० प्रतिशत ओगटे गैरसरकरी र विभिन्न भूगोलमा अधिकतम रुपमा सेवा दिइरहेको करारका चिकित्सकहरुको वृत्ति विकासमा आँच आउने आन्दोलनमा सहभागीहरुले बताएका छन् । करिव दुई महिना अगाडी आएको नियमावलीले २३ हजार ५ सय गैरसरकारी चिकित्सलाई विभेद गरेको आन्दोलनरत डाक्टर अच्युत खनालको आरोप छ ।
‘चिकित्सा शिक्षा आयोगले बदनियत पूर्वक विभिन्न शक्तिकेन्द्रहरुको आडमा सुधारको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका चिकित्सकहरुमाथि प्रहरी लगाएर दमन गरेको छ,’ डाक्टर खनालले भने । शान्तिपूर्ण धर्नाबाट माग पुरा नभए कडा आन्दोलनमा उत्रिने समेत उनीहरुले चिकित्सा शिक्षा आयोग र सरकारलाई चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीमा कति समय बस्नु सुरक्षित छ?
-
बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँ : उद्योगमन्त्री भण्डारी
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात
-
इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल