डमी ट्राफिकमा हवल्दार र सिपाही आधा–आधा, २८ वटा थप्ने तयारी
काठमाडौं । काठमाडौं उपत्यकाका चोकचोकमा डमी ट्राफिक उभिएको त तपाइँले देख्नुभएकै होला । तर के तपाइँलाई थाहा छ, सडकमा उभिएका डमी ट्राफिक पनि फरक–फरक दर्जाका छन् भनेर ? उपत्यकामा हालसम्म २२ वटा डमी ट्राफिक राखिएका छन् ।
त्यसमध्ये सबैजना हवल्दार र सिपाही दर्जाको भएको र त्यस्तो संख्या आधा÷आधा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा एसपी रामेश्वर प्रसाद यादवले बताए । ‘सामान्यतया सडकमा खटिने भनेको सिपाही र हवल्दार सा’पहरु नै हुने भएकोले त्योभन्दा माथिको फूली लगाइएको छैन । दुईवटाको संख्या आधा–आधा छ,’ यादवले भने ।
ट्राफिक प्रहरी ड्युटीमा नहुने भएकोले रातको समयमा सडक प्रयोगकर्ताले ट्राफिक नियमको उल्लंघन नगरुन् भनेर यस्तो डमी सडकमा उभ्याइएको हो । दिउँसोको समयमा समेत सडक प्रयोगकर्ताको आँखा त्यसमा जाने भएकोले सार्वजनिक सूचना प्रभावकारी रहेको पाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
२८ वटा थप्ने तयारी
ट्राफिक प्रहरी र काठमाडौं महानगरपालिकाबीच सहमति भएर डमी ट्राफिक राख्ने सम्बन्धमा गृहकार्य अघि बढेको हो । सोही समयमा महानगर र महाशाखाबीच ५० वटा डमी राख्ने सहमति भएको थियो । पहिलो चरणमा २२ वटा राखिएकोमा अब २८ वटा थप गर्ने तयारी गरिएको एसपी यादवले बताए ।
एउटा डमी ट्राफिकको करिब १५ हजार रुपैंया लागत लागेको छ । त्यसमध्ये काठमाडौं महानगरपालिकाले डमीको खर्च व्यहोर्ने र ट्राफिकले ती डमीका लागि कपडाको व्यवस्थापन गर्ने सहमति भएको हो । यसअनुसार अधिकांश खर्च चाहिँ महानगरपालिकाकै हुने महाशाखाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई अनुगमनका लागि दिईएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश
-
रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे