शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार मुद्दा ‘१२ लाख’मा मिलाउन खोज्ने पक्राउ

आइतबार, ११ असोज २०७७, १६ : ५६
आइतबार, ११ असोज २०७७

काठमाडौं । सामूहिक बलात्कार घटना आर्थिक लेनदेनमा मिलाउन प्रयास गरेपछि बलात्कारमा संलग्न आरोपीका बुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धुनषाधाम नगरपालिका–२ का ५५ वर्षीय सत्यनारायण यादव छन् । 

भदौ १ मा धनुषाको धनुषाधाम नगरपालिका–२ धरमपुरस्थित सुकन यादवको धानखेतमा १२ बर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । किशारीलाई चारजना केटाले बलात्कार गरे । बलात्कारमा संलग्न धुनषाधाम–२ धरमपुरका १९ वर्षीय विजयकुमार यादव र २० वर्षीय प्रतापसिंह अदालतको आदेशले पुर्पक्षका लागी सिन्धुली कारागारमा छन् । तर, बलात्कारमा संलग्न फरार आरोपी २६ वर्षीय श्यामसुन्दर यादव उर्फ बन्ठाका बावु सत्यनारायण यादवले पीडित परिवारलाई ‘१२ लाख’ मा मिलापत्र गर्न दवाव दिए । 

गाउँमा छलफल गरेर ‘बलात्कार मिलापत्र’ गरेको प्रचार गरेपछि सत्यनारायण यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले रातोपाटीलाई बताए । धनुषाधाम नगरपालिका–२ धरमपुरका ५५ वर्षीय यादवलाई प्रहरीले शनिवार पक्रेर ‘शान्ति विरुद्धको कसुर’ मा मुद्धा दर्ता गरेको छ ।  नौसयस्थित दिदीको घरबाट दुईजना गाउँले दाईसँग आफ्ने घर फर्कंदै गरेको अवस्थामा श्यामसुन्दर यादव उर्फ बन्ठाको समूहले दाईहरुलाई कुटेर किशोरीलाई सामूहिक रुपमा बलात्कार गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप