शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा ८०९ जनामा कोरोना पुष्टि

आइतबार, ११ असोज २०७७, १६ : ५५
आइतबार, ११ असोज २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ८०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  आज देशभर भने १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय २४ महिला र १ हजार ४९ जना पुरुष गरी १५७३ जनामा संक्रमण देखिएको छ । 

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । यस्तै आज थप १० को मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ सय ७७ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप