शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट थप १० को मृत्यु

आइतबार, ११ असोज २०७७, १६ : ४७
आइतबार, ११ असोज २०७७

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

 काठमाडौं उपत्यकामा एक महिला सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५० वर्षीया महिला, ६१ वर्षीय पुरुष र ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४२ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी बारामा ४० वर्षीय पुरुष, रुपन्देहीमा ७२ वर्षीय पुरुष, बर्दियामा ६३ र ५० वर्षीय पुरुषको मृत्यु भएको छ । 

यस्तै अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।
आज नेपालमा १५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय २४ महिला र १ हजार ४९ जना पुरुषमा संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप