शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित मोरङमा थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

आइतबार, ११ असोज २०७७, १६ : ४४
आइतबार, ११ असोज २०७७

काठमाडौं । आइतबार काठमाडौंमा ६३३ जना कोरानाभाइरस संक्रमित थपिएका छन् । जसमा २३० महिला र ४०३ पुरुष रहेका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंपछि सबैभन्दा धेरै मोरङमा १५२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी ललितपुरमा १०४, भक्तपुरमा ७२ संक्रमित थपिएका छन् । 

मन्त्रालयका अनुसार आइतबार देशभर थप १५७३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५३ हजार ८९८ जना निको हुँदा सक्रिय संक्रमित १९ हजार १९ जना रहेका छन् । 
यसैगरी आइतबार थप १० जनाको मृत्यु भएको छ भने यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । 

हाल देशभर २२५ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमणमुक्त रहेका छन् । 

 



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप