बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे आएपनि सम्बन्धित व्यक्तिलाई नै दिन ल्याबहरुलाई निर्देशन

आइतबार, ११ असोज २०७७, १६ : ३२
आइतबार, ११ असोज २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब दिनेको  पोजेटिभ वा नेगेटिभ जे रिपोर्ट आएपनि सम्बन्धितलाई सिधै जानकारी गराउन सरकारी तथा निजी ल्याबहरुलाई निर्देशन दिएको छ । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसअघि नेगेटिभ रिपोर्ट आए सम्बन्धित र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने व्यवस्था रहेकोमा अब भने जे रिपोर्ट आएपनि सिधै सम्बन्धितलाई नै जानकारी गराउन निर्देशन दिइएको बताए ।  

पहिले जतिपनि संक्रमित थिए उनीहरुलाई स्वास्थ्य संस्थाको आइसोलेशनमा मात्रै राख्ने व्यवस्था रहेकोमा अहिले होम आइसोलेशनमा पनि राख्ने व्यवस्था रहेकाले यसअघिको निर्णय परिवर्तन गरिएको उनको भनाइ छ । संक्रमितलाई रोग नियन्त्रण महाशाखाले जानकारी गराउने भन्दा पनि ल्याबले सिधै जानकारी गराउँदा व्यवस्थापनमा छिटो हुने मन्त्रालयको भनाइ छ।  

यस्तै कतिपय मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई पीसीआर गरेर मात्रै परीक्षामा सहभागी गराउने निर्णय गरेको पाइएको भन्दै मन्त्रालयले त्यसो नगर्न सचेत गराएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप