बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा १५७३ कोरोना संक्रमित थपिए

आइतबार, ११ असोज २०७७, १६ : २०
आइतबार, ११ असोज २०७७

बितेको २४ घण्टामा देशभर १५७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । 
उनका अनुसार हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भइसकेका छन् । आइतबारमात्रै ८८५ डिस्चार्ज भएका छन् । 

यस्तै आज देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा  १० हजार ६९८ जना रहेका छन्  । 


यसैबीच नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

 काठमाडौं उपत्यकामा एक महिला सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५० वर्षीया महिला, ६१ वर्षीय पुरुष र ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४२ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी बारामा ४० वर्षीय पुरुष, रुपन्देहीमा ७२ वर्षीय पुरुष, बर्दियामा ६३ र ५० वर्षीय पुरुषको मृत्यु भएको छ । 
यस्तै अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप