केन्द्रीय संस्करण

२० वटा वडाका ८५० करदाता महानगरको अनलाइन प्रणालीमा जोडिए

person explore access_timeअसोज ११, २०७७ chat_bubble_outline0

काठमाडौं । १० दिनको अवधिमा काठमाडौं महानगरका २० वटा वडाबाट ८५० जना करदाताले अनलाइन प्रणालीबाट रकम भुक्तानी गरेका छन् । महानगरलाई तिर्नु बुझाउनु पर्ने कर राजस्व निर्धारण तथा संकलन प्रणालीबाट भुक्तानी गरेका हुन् । महानगरले असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बट प्रणाली सञ्चालनमा ल्याएको हो । सफ्टवेयर सञ्चालन गर्ने प्राबिधिक ज्ञान दिँदै असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ वडामा प्रणाली सञ्चालन गरिएको छ । यस अवधिमा प्रणालीमा जोडिएका करदाताले तिरेको करबाट महानगरले १ करोड ६० लाख रुपैयाँ राजस्व प्राप्त गरेको, राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले जानकारी दिए । 
अहिले वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ गरी १२ वटा वडाका कर्मचारीका लागि तालिम भइरहेको छ । आज र भोलि २ दिन हुने तालिमपछि पर्सि अर्थात् मंगलबार ती सबै वडामा प्रणाली सञ्चालन गर्ने लक्ष्य छ । यसो भएमा, असोज १ गतेबाट चरणवद्ध रुपमा सञ्चालन थालिएको राजस्व निर्धारण तथा संकलन प्रणालीलाई असोज १३ गतेदेखि सबै वडामा पुग्नेछ ।  

 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.