शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘यो कस्तो माया’ मा ध्रुव र निरु

आइतबार, ११ असोज २०७७, १५ : १७
आइतबार, ११ असोज २०७७

काठमाडौँ । गीतकार ज्योती गुरुङको नयाँ गीत ‘यो कस्तो माया’ भिडियोसहित सार्वजनिक भएको छ । प्रेम वियोगको कथालाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको भिडियोमा ध्रुव दत्त, निरु कोइराला र आस्था जोशी बटाजुको अभिनय रहेको छ ।

लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको गीतमा संगीत अर्जुन सुनमले दिएका छन् । भिडियो कुशल श्रेष्ठले निर्देशन गरेका हुन् ।  गीतको भिडियोमा एउटी नारी आर्दश प्रेमको विश्वासमा पर्दा पुरुषबाट पाएको धोका देखाउन खोजिएको निर्देशक श्रेष्ठले बताए । बेलायतमा छायाँकन भएको भिडियो छायाँकन तथा सम्पादन समेत निर्देशक श्रेष्ठले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप