शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा साझा पार्टीको युवा संगठन विस्तार, बेल्वासेको संयोजकत्वमा ४९ सदस्यीय प्रदेश समिति

आइतबार, ११ असोज २०७७, १५ : ०९
आइतबार, ११ असोज २०७७

बुटवल । साझा युवा संगठनले रुपन्देहीका शिवराज बेल्बासेको संयोजकत्वमा ४९ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ । साझा पार्टीको साझा युवा संगठन विस्तार अभियानअन्तर्गत प्रदेश ५ साझा युवा संगठन समिति घोषणा गरिएको साझा युवा संगठनका संयोजक अब्दुश मियाँले जानकारी दिए ।

भर्चुअल कन्फ्रेन्समार्फत घोषणा गरिएको प्रदेश समिति सदस्यहरुमा दाङका शिशिर राउत, लक्ष्मण चौधरी, सुधिर ओली, दिपेन्द्र ओली, प्रशान्त ओली, डी.एस खड्का, दाङकी तुलसी चौधरी, कपिलवस्तुका अरुणबहादुर कार्की, दिपक बेल्बासे, घनश्याम घिमिरे, रुपन्देहीका रविन जोशी, सागर भुषाल, सागर पाण्डे, हिमाल छेत्री, अनन्त अग्रहरी, मणि भुषाल, बाबुराम छेत्री, शिशिर पाण्डे, रुपन्देहीकी रितु ज्ञवाली, पुजा पाण्डे, डिल कुमारी थारु, शोभा ज्ञवाली, निशा ज्ञवाली, पार्वता भुषाल, गुल्मीकी कल्पना भण्डारी, सरिता अर्याल, गुल्मीका गोकर्ण नेपाली, युवराज लम्साल, सन्दिप पन्थी, सन्दिप विके. सुनार, अर्घाखाँचीका अशोक आचार्य, उज्वल बन्जाडे, दिनेश पाण्डे, चन्द्र रेस्मी, अर्घाखाँचीकी रिता भुषाल, आशिका अधिकारी, बाँकेका अंकित श्रीवास्तव, वसन्त पराजुली, परासीका सवीर अलाम अन्सारी, आदित्य यादव, मनोज शर्मा, प्युठानका विपिन गिरी, धुर्व थापा, रोल्पाका सुनिल पोख्रेल, झक्कुप्रसाद डाँगी, पूर्वी रुकुमका तुल्सीराम ओली, बर्दियाका तिर्थराज जैसी, उमेशराज थापा र पाल्पाका बाबुराम कोइराला रहेका छन् ।

साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको संयोजक मियाँले बताए । सबै युवाहरूलाई नेतृत्व विकास र आत्मनिर्भर बनाउनका लागि आफ्नो विशेष भूमिका रहने साझा युवा संगठन प्रदेश ५ कमिटीका संयोजक शिवराज बेल्बासेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप