केन्द्रीय संस्करण

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा

person explore access_timeअसोज ११, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुसार आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बस्नुभएको जानकारी दिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.