शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्ड छलफल, भएन सहमति

आइतबार, ११ असोज २०७७, १४ : ०५
आइतबार, ११ असोज २०७७

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनको अन्तिम गृहकार्यमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रच्ण्डबीचको छलफल सकिएको छ । 
छलफललाई अझै निरन्तरता दिनेगरी अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएको बुझिएको छ ।  

आइतबार बिहान बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलमा ठोस सहमति भने हुन नसकेको बुझिएको छ । ओली र प्रचण्डबीच गत बिहीबार, शुक्रबार र आइतबार वार्ता भएपनि ठोस सहमति जुटिनसकेको दुवै नेता निकट स्रोतले जनाएका छन् । 

मन्त्रिमण्डल पुनर्गठनमा सहमति भएपनि कुन कुन मन्त्रालयलमा को को व्यक्ति पठाउने भन्नेमा कुरा मिलिनसकेको बुझिएको छ । जसले गर्दा मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप