मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको सिन्धमा सडक दुर्घटना, १३ जनाको मृत्यु

आइतबार, ११ असोज २०७७, १३ : ५५
आइतबार, ११ असोज २०७७

सिन्ध । पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ ।  प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा शनिबार एउटा यात्रुबाहक भ्यान दुर्घटना भएको हो । भ्यानमा कम्तीमा २० जना सवार रहेको बताइएको छ । 

अर्को सवारी साधनलाई ठक्कर दिएपछि यात्रुबाहक भ्यान सडकभन्दा तल खोँचमा खसेको प्रहरीले जनाएको छ । भ्यानमा जडित सिएनजी सिलिन्डरमा आगो लागेर बिस्फोट भएका कारण ठूलो क्षति भएको प्रहरीको भनाई छ । 

प्रहरी उपरीक्षक नाजर मुहम्मद डिशाकका अनुसार आगोले धेरै व्यक्तिको शरीर नराम्रोसँग जलेको पाइएको छ । स्थानीय प्रहरीले भ्यानका चालक सहित सात जना बाँच्न सफल भएको जनाएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप