बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

आइतबार, ११ असोज २०७७, १३ : ५३
आइतबार, ११ असोज २०७७

काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु  भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-९ खरङ्गास्थित सडकमा ना.५ ख ४६५२ नम्बरको ट्रकले ना.४३ प ७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बारा रतनपुर-२ बस्ने ३० वर्षीय सुर्य स्याङ्तानको मृत्यु भएको  छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ १८ वर्षीया बिनिता स्याङ्तानलाई सोही अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भरतपुर पठाइएको छ ।  ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी मकवानपुरकै गढी गाउँपालिका-२ स्थित सडकमा ना.३९ प ९५४२ नम्बरको मोटरसाइकलक अनियन्त्रित भई सडकबाट  करिब ३० फिट तल खसेर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-३ धमिले ४६ वर्षीय भरत पुडासैनीको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका उनको सन्चो अस्पताल हेटौडामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका-३ मक्रान्चुली बस्ने ४१ वर्षीय कुमार पराजुलीको सोही अस्पतालमा उपचार भइरहेको छ । 
    
बाँकेको नेपालगंज उपमहानगरपालिका-१ धम्बोझी चोकमा पनि भे.५ प १६५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नेपालगंज उपमहानगरपालिका-२ बस्ने ४८ वर्षीय दान बहादुर सुनारको शनिबार राति मृत्यु भएको छ ।
 दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको  छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप