मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जनरल इन्स्योरेन्सको आईपीओ खुल्यो, आवेदन कति गर्ने ? कति पुग्ला मूल्य ?

आइतबार, ११ असोज २०७७, १३ : ४६
आइतबार, ११ असोज २०७७

इजाजतप्राप्त नयाँ निर्जीवन बीमा कम्पनीमध्ये दोस्रो आईपीओ जनरल इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) को बिक्री खुला भएको छ । आइतबार बिहान १० बजेदेखि सो शेयरका लागि आवेदन खुला भएको हो ।

जनरल इन्स्योरेन्सले आफ्नो ७० करोडको जारी पुँजीलाई १ अर्बको चुक्ता पुँजी बराबर पु-याउन ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । सो शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबीएल क्यापिटलले गरेको छ ।

कति गर्ने आवेदन ?

३० करोड बराबरको ३० लाख कित्ता शेयरमध्ये जनरल इन्स्योरेन्सले १ लाख २० हजार कित्ता शेयर आफ्ना कर्मचारीलाई र १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोष (म्युचुअल फण्ड) लाई छुट्याइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री हुनेछ ।

अहिलेको बाँडफाँट प्रणाली अनुसार सो शेयर कुल २ लाख ७३ हजार जनालाई १०–१० कित्ताको दरले वितरण हुन सम्भव हुनेछ । सोभन्दा कम आवेदक भएमा मात्रै सो शेयर २० कित्ता वा सोभन्दा बढी पाउने सम्भावना हुन्छ ।

तर, आईपीओ आवेदनको इतिहास हेर्दा पछिल्लो दिनमा कुनै पनि शेयरमा योभन्दा कम आवेदन परेको नदेखिएका कारण यो शेयरमा पनि १० कित्ता भन्दा बढी बाँडफाँट हुने देखिँदैन ।

यस्तो छ इन्स्योरेन्सको समग्र अवस्था

२ वर्षअघि स्थापित जनरल इन्स्योरेन्सले हाल देशभरका ३९ शाखामार्फत् देशभर कारोबार सञ्चालन गर्दै आएको छ । जनरलले आर्थिक वर्ष २०७५÷७६ मा ३३ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेर पनि घाटामा रहेको कम्पनीले २०७६/७७ मा भने २.२५ रुपैयाँ बराबरको प्रतिशेयर आम्दानी गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।

आगामी ३ वर्षभित्र इन्स्योरेन्सले ३० रुपैयाँ प्रतिशेयर आम्दानी हासिल गर्ने लक्ष्य लिएको छ । गतवर्ष १०१.६ रुपैयाँ नेटवर्थ भएको कम्पनीको शेयर १ सय १ रुपैयाँदेखि ३ सय ५ रुपैयाँसम्ममा कारोबार हुन सक्नेछ । जनरल इन्स्योरेन्सको समकालीन कम्पनीको रुपमा आएको अजोड इन्स्योरेन्सको शेयर अहिले दोस्रो बजारमा ५ सय रुपैंया भन्दा धेरैमा कारोबार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप