पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
आइतबार, ११ असोज २०७७, १३ : ४५

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार भक्तपुरकी ५४ वर्षीया पुण्यशोभा शिल्पकारको मृत्यु भएको हो ।
उनलाई कोरोना पोजेटिभ देखिएलगत्तै भदौ २९ गते अस्पताल भर्ना गरिएको थियो । उनको शव कोरोना प्रोटोकलअनुसार व्यवस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ ।