शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सबैभन्दा महँगो सेयर भाउ भएको युनिलिभरको सेयरधनीलाई झड्का, लाभांश घट्यो

आइतबार, ११ असोज २०७७, १३ : ०६
आइतबार, ११ असोज २०७७

युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष (२०७६/७७) को नाफाबाट १ कित्ता सेयर बराबर १०० रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो ।

युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता ७७० रुपैयाँ नगद दिएको थियो । युनिलिभर नेप्सेमा सूचीकृत सबैभन्दा महँगो सेयर भाउ भएको कम्पनी हो । यसको सेयर भाउ प्रतिकित्ता १९ हजार ४०४ रुपैयाँ छ ।

यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । सभा प्रयोजनको लागि कम्पनीले कार्तिक २७ गते बुक क्लोज गर्ने घोषणा गरेको छ । यसर्थ कार्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्र  लाभांश पाउनेछन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप