बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञा खुलेपछि उपत्यका छाड्ने भन्दा भित्रिने बढी

आइतबार, ११ असोज २०७७, १२ : ५४
आइतबार, ११ असोज २०७७

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा खुलेको १० दिनसम्म उपत्यकामा भित्रिने यात्रुको संख्या उपत्यका छाड्नेभन्दा बढी देखिएको छ । दशैं लगायतका महत्वपूर्ण चाडबाड आउनुअघि खुला भएको उपत्यकाको आवागमनमा उपत्यका छाडेर जानेभन्दा भित्रिनेको संख्या बढी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

१० दिनको अवधिमा कूल ४१ हजार ६ सय १७ वटा सवारीसाधन उपत्यकामा भित्रिँदा १ लाख ७४ हजार ८ सय ४४ जना यात्रु उपत्यकामा प्रवेश गरेको महाशाखाको तथ्याङ्क छ । त्यस्तै, यो अवधिमा ४१ हजार २ सय ५ सवारी साधन बाहिरिँदा १ लाख ६५ हजार २ सय ४६ जना यात्रुले उपत्यका छाडेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर प्रसाद यादवले जानकारी दिए । 

चाडवाडको सिजन सुरु भएपनि पहिल्यै धेरै व्यक्तिहरु उपत्यका बाहिर गइसकेकोले अहिले यात्रु बाहिरिने चाप नदेखिएको उनको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप