शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा ट्र्याक्टरबाट खसेर युवकको निधन

आइतबार, ११ असोज २०७७, १२ : ३७
आइतबार, ११ असोज २०७७

ताप्लेजुङ । ताप्लेजुङमा गुडिरहेको ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा  सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आज मृत्यु भएको हो । 

डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्र्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ आइरहेको थियो । चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप