बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारीलाई हदैसम्मको कारवाही गर्न नेतृ सङ्ग्रौलाको माग

आइतबार, ११ असोज २०७७, १२ : ३३
आइतबार, ११ असोज २०७७

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीया नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा भएको हत्याको घटना निन्दनीय भएको बताएकी छन्।  आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनिन्, ‘प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गर्ने जघन्य अपराधमा संलग्न जो कोही भएपनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न सरकारसँग माग गर्दछु।’ 

गएका केही महिनायता देशभरि नै दलित समुदायविरुद्ध आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएका उनको भनाइ छ । रुकुम पश्चिममा नवराज विकलगायतका ६ जना युवाहरुको नृशंस हत्यापछि मधेशमा पनि दलित समुदायविरुद्ध हत्या र हिंसाका घटना भएको संग्रौलाले बताइन् । 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन नसकेको उनको भनाइ छ ।  देशभरि यसरी दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो शिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएका कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ। 

सङ्गौलाले भनिन्, ‘नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ, तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ। यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाखरजेष्ठको मध्याह्न गर्मीमा शीतलताको अपेक्षा गर्नु जत्तिकै हो।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप