समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही शुरु

लामो समयदेखि सम्झौता अनुसार काम सम्पन्न नगर्ने विभिन्न २१ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाले मकवानपुर, वारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौता वमोजिम काम नगर्ने कम्पनीसँगको सम्झौता रद्द गरी आवश्यक कारवाही शुरुआत गरेको छ ।
कार्यालय प्रमुख योगेश सुमनले विसं २०६६ चैत अर्थात ११ वर्ष अगाडि सडक निर्माण तथा मर्मत ठेक्काको सम्झौता गरेका निर्माण व्यवसायीलाई पटक पटक सूचना गरेपनि सम्पर्कमा नआएकोले बाध्य भइ कारवाहीमा जानु परेको जानकारी दिए।
कालो सूचीमा राख्ने प्रक्रिया अन्तर्गत मकवानपुरका सात, पर्साका छ, बाराका तीन र काठमाडौँका एक निर्माण व्यवसायी कम्पनी छन् । ती कम्पनीसँग सम्झौता रद्द आर्थिक वर्ष २०६५÷०६६ देखि २०७०÷०७१ सम्मको रहेका कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐन–२०६३ को दफा ५९ अनुसार सम्झौता अन्त्य गरेको कार्यालयले जनाएको छ ।
बैँक जमानत जफत गरी बाँकी कामको रकम असुलउपर गर्ने र कालो सूचीमा राखी कारवाही प्रक्रिया बढाउने निर्णय भएको कार्यालय प्रमुख सुमनले जानकारी दिए ।
त्यस्तै सम्झौता गरेर काम नगर्ने थप अन्य निर्माण व्यवसायी कम्पनीलाई पनि कारवाहीको दायरामा ल्याउने कार्य भइरहेको जनाइएको छ । निर्माण व्यवसायी हरिराम शाहले ठेकेदार कम्पनीको अस्वस्थ्य प्रतिस्पर्धा तथा बोलपत्र तल झरेर काम लिने र काम गर्न नसकेपछि सम्पर्कमा नआउने प्रवृत्ति समेत रहेको बताए ।
एकैपटक धेरै बोलपत्र लिने र आफूगर्न नसकेपछि अरुलाई दिने पनि समस्या रहेको प्राविधिकको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन
-
बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन
-
१० बजे १० समाचार : जसपा र लोसपालाई अध्यादेशमा मनाउने प्रयास, कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा