केन्द्रीय संस्करण

जनरल इन्सुरेन्सको आइपीओ बिक्री खुल्यो

person explore access_timeअसोज ११, २०७७ chat_bubble_outline0

काठमाडौं । जनरल इन्सुरेन्स कम्पनीको आइपीओ आइतबारदेखि बिक्री खुला भएको छ ।   जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जनरलले जारी गर्न लागेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता ( ४ प्रतिशत) सेयर कर्मचारीले पाउनेछन् । यस्तै, १ लाख ५० हजार कित्ता (५ प्रतिशत) म्युचुअल फण्डका लागि छुटयाइएको छ ।

 बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा असोज २५ गतेसम्म भर्न सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकत्तम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन ।  कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो ।

 हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.