शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘तीन जन्तु’ले ल्यायो टिजर

आइतबार, ११ असोज २०७७, ११ : २४
आइतबार, ११ असोज २०७७

काठमाडौं । सरकारले फिल्म क्षेत्रको निषेधाज्ञा नखोले पनि फिल्मी गतिविधि भने विस्तारै हुन थालेका छन् । यस्तैमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म फिल्म ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ । अर्पण थापाको निर्देशन रहेको फिल्म टिजरमा फिल्मको केही अंस समेटिएको छ । 

फिल्ममा सौगात र सृष्टिका अलावा अर्पण थापा, रविन तामाङ, कालु रानालगायतको मुख्य अभिनय समेटिएको छ । फिल्मले २०३० सालमा घटेको एउटा घटनालाई देखाउन खोजेको निर्माण युनिटले जनाएको छ ।
हरि तामाङ, सन्तोष अधिकारी र केल्ली जोय मिलेर निर्माण गरेको फिल्म आगामी पुष १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ । 

फिल्ममा आलोक शुक्लाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन छ। फिल्मलाई रिच इन्टरटेन्मेन्ट, जि.जि.ए ग्रूप र एफ.डी कम्पनीले वितरण जिम्मा लिएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप