केन्द्रीय संस्करण
कोरोनाभाइरस

लकडाउन हैन, अब जनचेतनाको राष्ट्रिय महाअभियान सुरु गरौँ

person explore access_timeअसोज ११, २०७७ chat_bubble_outline0

हामीले कोरोना सङ्कट बेहोरेको ६ महिना भइसक्यो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि यो विचमा पटक पटक लकडाउन तथा निषेधाज्ञा जस्ता विधिहरुको अभ्यास पनि गरियो । तर पनि कोरोना संक्रमण कम हुन सकिरहेको छैन । यो हामी सबैको साझा चिन्ताको विषय बनेको छ ।

कोरोनासंक्रमण बढिरहेको अहिलेको अवस्थामा पर्याप्त मात्रामा आइसोलेशन छैन । होम आइसोलेसन भनेर धेरै संक्रमितहरु घरमा बसेका छन् । धेरै ठाउँमा समुदाय तहमा आइसोलेशन पनि बनाइएको छैन । अपवाद स्वरुप कतिपय ठाउँमा बनाएपनि त्यो पर्याप्त हुन सकेको छैन । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भ्याक्सिन पनि आइनसकेको र संक्रमण बढिरहेको सन्र्दभमा यसलाई नियन्त्रणका लागि अब एउटा महाअभियान सुरु गर्न आवश्यक छ ।

जनस्वास्थ्यका मापदण्ड सुनाउनेभन्दा अभ्यासमा जोड दिऔँ

जनस्वास्थ्यका यी नियमहरु पालना गरौँ भनेर हामी चिकित्सकहरु पनि करायौँ,  मिडियाहरु पनि कराइरहेका छन् । तर सर्वसाधरणले हामीले भनेको किन मानिरहेका छैनन् भनेर हामीले कहिले पनि बुझ्न प्रयास गरेका छैनौँ । कोरोनाको समस्यासँगै अहिले अर्को समस्या पनि आएको छ । अहिले एकथरी समूह ‘कोरोनाभाइरस नै छैन, यो केही पनि होइन’ भनेर प्रचार गर्न थालेका छन् । हामीले जनस्वास्थ्यका मापदण्ड पालना गरौँ भनेर जति घाँटी दुख्ने गरी कराएपनि यदी त्यो समूह बलियो बन्दै गयो भने विस्तारै हामी असफल भएर जान्छौँ । त्यसकारण पनि हामीले अब एउटा जनचेतनाको महाअभियान सुरु गर्ने आवश्यकता परेको छ । सर्वसाधारणमा मास्क लगाऔँ, हात सफा गरौँ, दुरी कायम गरौँ भन्ने विश्वास गराउने खालको एउटा महाअभियान सुरु गर्न आवश्यक छ ।

अहिले यति धेरै विज्ञ निस्किएका छन् कि सर्वसाधारणले कुन विज्ञका कुरा सुन्ने ? कुन विज्ञका कुरा पत्याउने ? सामान्य विषय पढेका र अन्य विषयमा डाक्टरी गरेका समेत कोरोनाका बारेमा बोल्न थालेका छन् । पहिला यो क्षेत्रमा काम नगरेका इन्जिनियर डाक्टर सबै बोल्न थालेका छन् । कहाँ कस्को र कस्तो कुरा सुन्ने भनेर विचरा नागरिक नै अलमलको अवस्थामा पुगेका छन् । कतिपय त गलत भ्रामक कुराहरु खोज्दै जाने र गलत प्रमाणित गर्न खोज्ने गरेका छन् ।

महाअभियानको लागि कोसँग कसरी हातेमालो गर्नुपर्ने हो, त्यसको योजना बनाउन सकिन्छ । विश्वका केही देशमा त यसका लागि व्यापक मात्रामा स्वयंसेवकहरु परिचालन भएका छन्ु । जस्तो थाइल्याण्डमा जनचेतना जगाउनका लागि मात्रै १० लाख हाराहारी स्वयम्सेवक गाउँ गाउँमा खटाइएको छ । उनीहरुले घर घरमा गएर राम्रोसँग सम्झाउने बुझाँउने गर्दा रहेछन् । अहिले थाइल्याण्डमा कोरोनासंक्रमणको केस अरु देशमा जस्तो धेरै फैलन पाएको छैन । यहाँ पनि कतै सर्वसाधारणलाई हामीले बुझाउन नसकेको त हैन ? 

एकातिर कोरोना भाइरस भन्ने कुरा हावा कुरा हो, भाइरस कहाँ छ ? भन्ने समूह पनि आएको छ । उनीहरुको भनाइले मानिसको मन जित्न सक्यो भने हाम्रो प्रयास अझ कमजोर भएर जानेछ । हामी स्वास्थ्यकर्मी संक्रमण नफैलिओस् भनेर सोच्छौँ, धेरै मानिसमा क्षति नपुगोस् भनेर हामी लागिरहेका हुन्छौँ । तर, हाम्रो आवाज कमजोर हुँदै गयो र उहाँहरुको आवाज बलियो हुँदै गयो भने परिस्थिति झन्–झन् गाह्रो भएर जान्छ ।

अहिले यति धेरै विज्ञ निस्किएका छन् कि सर्वसाधारणले कुन विज्ञका कुरा सुन्ने ? कुन विज्ञका कुरा पत्याउने ? सामान्य विषय पढेका र अन्य विषयमा डाक्टरी गरेका समेत कोरोनाका बारेमा बोल्न थालेका छन् । पहिला यो क्षेत्रमा काम नगरेका इन्जिनियर डाक्टर सबै बोल्न थालेका छन् । कहाँ कस्को र कस्तो कुरा सुन्ने भनेर विचरा नागरिक नै अलमलको अवस्थामा पुगेका छन् । कतिपय त गलत भ्रामक कुराहरु खोज्दै जाने र गलत प्रमाणित गर्न खोज्ने गरेका छन् ।

हामीले धरै अगाडिबाट नै जनचेतनाको महाअभियान ल्याउनुपर्ने हो तर हामी अरु अरु उपायमा बढी अल्मलियौँ कि ? लकडाउन गरेको छ, अब कम भइहाल्छ भन्नेमा मात्र केन्द्रीत भयौँ कि ? कोरोनाबाट जोगिन यस्तो–यस्तो गरौँ भनेर विभिन्न माध्यमबाट त भनियो तर जनताकोमा पुगेर व्यवहारिकरुपमा अभ्यास गराउँदै महाअभियानको रुपमा अघि जान सकेनौँ ।

अब जनचेतनाको महाअभियानमा देशका समान्य वर्गदेखि माथिल्लो तहमा व्यक्तिहरु सहभागी हुन जरुरी छ । जसमा कलाकारहरु, राजनीतिक दलका नेता, कार्यकर्ताहरु, स्थानीय स्वयम्सेवकहरु सहभागी हुन सक्छन् । यसरी कसैले मास्क लगाएको रहेनछ भने उसको साथीले ‘ए मास्क लगाऊ’ भनेर प्रोत्साहित गर्न सक्ने अवस्था बनोस् ।

फोहोर सङ्कलकको चेतनाको यो उदाहारण

मलाई एकजना साथीले भन्दै थिए, घरमा फोहोर संकलन गर्न आउने एक व्यक्तिको स्वास्थ्य सचेतनाको कुरा हो । उनले मास्क नलगाइ फोहोर फाल्न गएका व्यक्तिलाई सोधेछन्–‘तपाईले मास्क नलगाई किन फोहोर फ्याँक्न आउनुभयो ?’ ‘मास्क नलगाइ आउनुहुन्छ भने म तपाईंले दिएको फोहोर लादिनँ’ भनेर उनले भनेछन् । यो कति राम्रो कुरा छ । मास्कबिना फोहोर फ्याँक्न गएको व्यक्तिले घर फर्किएर मास्क लगाइ फोहोर दिएर गएछ ।

यसरी नै सबै सचेत भए भने सचेत नभएकाहरुलाई पनि उनीहरुले यसरी नै सचेत गराउन सक्छन् । त्यो फोहोर संकलन गर्ने व्यक्तिले भनेको कुरा कति राम्रो छ । यसरी नै स्वयम्सेवकहरुले मास्क लगाउनका लागि, दुरी कायम गर्नका लागि उत्प्रेरित गरे भने त्यसको सकारात्मक प्रभाव पर्छ कि ?

जनचेतनाको महाअभियानका लागि लागि करोडौँको सामान किन्न लाग्नुभन्दा अब सबै तप्का मिलेर जनचेतना जगाउने अभियानमा लागियो भने थोरै खर्चमा पनि उपलब्धीमुलक काम गर्न सकिन्छ । अरु देशले सक्ने हामीले किन नसक्ने ? मलाई खड्किएको विषय हो यो ।

महँगो स्वास्थ्य सामग्रीभन्दा सस्तो जनचेतना प्रभावकारी

हामी आइसियू, भेन्टिेटर यति चाहियो, उति चाहियो भनेर गनिरहेका हुन्छौँ । त्यो नराम्रो त हैन तर सँगैसँगै थोरै पैसा खर्च गरेर पनि हामीले उपलब्धी हासिल गर्न सक्ने कुरामा विश्वास दिलाउन सकियो भने प्रभावकारी हुन्छ । युरोप अमेरिकातिर हामीलाई कहाँ कोरोना लाग्छ र भनेर मानिसहरु स्वतन्त्र भएर हिँड्दा उच्च गतिमा कोरोना फैलिएको छ । हामी नेपालीहरुको मनस्थिति बुझेर कसरी सुरक्षित राख्न सक्छौँ त्यसतर्फ अभियान अघि बढाउन आवश्यक छ ।

जनचेतनाको महाअभियानका लागि लागि करोडौँको सामान किन्न लाग्नुभन्दा अब सबै तप्का मिलेर जनचेतना जगाउने अभियानमा लागियो भने थोरै खर्चमा पनि उपलब्धीमुलक काम गर्न सकिन्छ । अरु देशले सक्ने हामीले किन नसक्ने ? मलाई खड्किएको विषय हो यो ।

अरु कुरा परिवर्तन नभएपनि एउटा सानो सकारात्मक कुरा नेपालीहरुले आपसमा भेट हुँदा अहिले हात मिलाउन भने छोडेका छन् । अरु कुरामा वास्ता नगरेपनि यो एउटा कुरामा भने सकारात्मक परिवर्तन आएको छ । अब अरु बाँकी जनस्वास्थ्यका पालना गर्नुपर्ने मापदण्डहरु छन्, ति किन पालना भएनन् त भन्ने कुरा बुझ्न जरुरी छ ।

२५ हजार सक्रिय संक्रमित पुगेपछि लकडाउन गर्ने कुरा आफ्नो ठाउँमा होला तर यसको विकल्प भनेको जनस्तरबाट हामीले महाअभियान सुरु गर्नु नै हो । सर्वसाधारणलाई यसो गरौँ, उसो गरौँ भनेर दुई शब्द भन्ने भन्दा पनि अब प्रयोग गराएरै जानुपर्ने तडकारो आवश्यकता छ ।

महाअभियानका लागि कलाकारहरुलाई अगाडि बढाउन पनि सकिन्छ । कलाकारलाई सबैले पछ्याउँछन् । सर्वसाधारणसम्म दुरी कायम गर्नुपर्ने रहेछ, मास्क लगाउनुपर्ने रहेछ भन्ने कुरा उनीहरुको मनमा स्थापित गर्न सक्नुप¥यो । ‘न्यू नर्मल’ भन्ने शब्दावली अहिले विश्व स्वास्थ्य संगठनले पनि प्रयोग गरिरहेको छ । यो भनेको पहिला हामी जसरी बाँचिरहेका थियौँ, त्यो भन्दा अलि फरक ढंगले बाँच्ने भन्ने हो ।

यहाँ समाजलाई राम्रो गर्न भनेर हिँडेका धेरै संघ संगठनहरु छन् । उनीहरु कहाँ छन्, थाहा छैन । उनीहरुलाई सक्रिय गराएर, उत्प्रेरित गराएर जनस्तरमा पठाउन सकिन्छ । अब सर्वसाधारणलाई पनि छुट्टै किसिमले बुझाउन आवश्यक छ । जिन्दगीभर यस्तो हुने पनि हैन । केही समयपछि भ्याक्सिन आउने नै छ । केही समयका लागि फरक तरिकाले भनेर सोचौँ उत्प्रेरित गर्न सकिन्छ ।

महाअभियानका लागि कलाकारहरुलाई अगाडि बढाउन पनि सकिन्छ । कलाकारलाई सबैले पछ्याउँछन् । सर्वसाधारणसम्म दुरी कायम गर्नुपर्ने रहेछ, मास्क लगाउनुपर्ने रहेछ भन्ने कुरा उनीहरुको मनमा स्थापित गर्न सक्नुप-यो । ‘न्यू नर्मल’ भन्ने शब्दावली अहिले विश्व स्वास्थ्य संगठनले पनि प्रयोग गरिरहेको छ । यो भनेको पहिला हामी जसरी बाँचिरहेका थियौँ, त्यो भन्दा अलि फरक ढंगले बाँच्ने भन्ने हो ।

कहिलेसम्म यसरी स्वास्थ्य मापदण्ड पालना गर्ने भनेर मान्छेहरु आत्तिरहेका पनि छन् । जिन्दगीभर मास्क लगाउनुपर्ने भन्ने भयो भने त मान्छेहरु आत्तिहाल्छन् । उनीहरुलाई कोरोना रहने केही समयमा लागि मात्रै यो मापदण्ड पालना गर्नैपर्छ भनेर भन्नुपर्यो । सधैभरी यस्तो अवस्था रहँदैन, छिट्टै भ्याक्सिनहरु आउँदैछ । त्यतिञ्जेलका लागि हाम्रा जेष्ठ नागरिकहरु, असक्त, स्वास्थ्य समस्या भएकाहरुलाई मर्न दिने त ? यो सबै स्वस्थ जिवनयापन गर्नका लागि त हो नी भनेर सबैलाई बुझाउन सक्नुपर्यो ।

यसरी सर्वसाधारणलाई बुझायो भने नबुझ्ने त हैन । सर्वसाधारणलाई बुझाउनका लागि धेरै खर्च गरेजस्तो पनि लाग्दैन । यसो गर्नुपर्छ भनेर थोरै समय दिएको त देखिन्छ तर यसका लागि जनस्तरबाट नै महाअभियान लागू गर्न सकियो भने ठूलो भयको अवस्था सिर्जना हुन पाउँदैन ।

प्रस्तुती : शम्भु दंगाल

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.