शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

आइतबार, ११ असोज २०७७, ०८ : ३४
आइतबार, ११ असोज २०७७

मन्त्रिपरिषदको आकस्मिक बैठक आइतबार सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरेपनि आइतबार आकस्मिक बैठक बस्न लागेको हो ।

आजको बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषदले जारी गर्ने एजेण्डा रहेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । मन्त्रिपरिषदबाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ । यस्तै अन्य केही विधेयक बारेपनि बैठकमा छलफल हुने बुझिएको छ ।

सरकारले पहिलेको कानून संशोधन गरी एसिड आक्रमण कसुरको सजायमा बृद्धि गर्दै नयाँ अध्यादेश सिफारिस गरेको छ । एसिड आक्रमण गरेमा २० वर्ष सजाय र आक्रमणबाट मृत्यु भएमा जन्मकैदको सजायको सिफारिस गरिएको छ ।

दुई साता अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण कसुरसम्बन्धी कानून छिट्टै संशोधन गरेर कडा व्यवस्था गर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप