शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अनिल अम्बानीको बयानः ‘गहना बेचेर तिरेँ वकिलको शुल्क’

आइतबार, ११ असोज २०७७, ०७ : ३९
आइतबार, ११ असोज २०७७

ऋणको बोझले थिचिएका रिलायन्स ग्रुपका अध्यक्ष अनिल अम्बानीले शुक्रबार लण्डन अदालतसमक्ष आफूले साझा जीवन बिताइरहेको जानकारी दिए । उनले आफूसँग एउटा मात्रै का र भएको र गहना बेचेर वकिलको शुल्क तिरिरहेको पनि बताए । चीनका तीन सरकारी बैंकसँग ऋण लिएको मामिलामा अनिल अम्बानीले पहिलो पटक भिडियो कन्फरेन्सिङमार्फत् लण्डनको उच्च अदालतमा पेश भएका थिए ।

९.९ करोड भारुको गहना बेचेः

अनिल अम्बानीले सन् २०२० को जनवरीदेखि जूनसम्म गहना बेचेर उनले ९.९ करोड भारु जुटाएका छन् । अब उनीसँग आफ्नो केही पनि छैन । कारको लाइनको प्रश्नमा अनिल अम्बानीले यसलाई मिडियाको आधारहीन खबर बताए । उनले भने, ‘मसँग कहिले पनि रोल्स रोयस कार थिएन । अहिलेको समयमा मसँग एउटा कारमात्रै छ । अब परिवारले नै मेरो सबै खर्च उठाइरहेका छन् ।’

अदालतमा आमा र छोराबाट लिएको ऋणबारे सोधियो प्रश्नः

शुक्रबार सुनुवाईको क्रममा अदालतले विलासी पसलबाट क्रेडिट कार्डबाट गरिएको खर्चबारे पनि प्रश्न उठाइयो । यसमा अनिल अम्बानीले उक्त क्रेडिट कार्ड उनकी आमा कोकिलाबेन अम्बानीले खर्च गर्ने बताए । आमाबाट ६६ मिलियन डलर र छोराबाट ४१ मिलियन डलरको ऋण लिएको प्रश्नमा अनिल अम्बानीले उनले यो ऋणको शर्तबारे जानकारी दिन नसक्ने बताउँदै उक्त ऋण उपहार भने नभएको स्पष्ट पारे । अनिल अम्बानीले अदालतमा आफू कुनै पनि भारतको सबैभन्दा धनी व्यक्तिमा सुचिकृत भएको जानकारी दिँदै अब आफूसँग १,१०,००० डलरको एउटा पेन्टिङ मात्रै भएको बताए ।

सादा जीवन बाँच्छन् अनिल अम्बानीः

एक प्रवक्ताले भारतीय सञ्चार माध्यमसँग भने, ‘अनिल असाध्यै साधारण व्यक्ति हुन् र सादा जीवन बाँच्छन् । उनको जीवनशैली भव्य छैन । अनिल अम्बानी जन्मजात नै शाकाहारी हुन् र कुनै पनि प्रकारको नशा सेवन गर्दैनन् । अनिल अम्बानी धुम्रपान पनि गर्दैनन् र शहर बाहिर जानुको साटो घरमा सबैसँग बसेर फिल्म हेर्न रुचाउँछन् ।’

के हो मामिला ?

अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेशन (आरकम) ले चीनका तीन सरकारी बैंकसँग व्यावसायिक ऋण लिएका थिए । तर आरकमले यो ऋण तिर्न विफल भएको थियो । चिनियाँ बैंकका अनुसार उक्त ऋण तिर्नका लागि अनिल अम्बानीले नीजि रुपमा ग्यारेन्टि दिएका थिए । अनिल अम्बानीबाट भुक्तानी पाउनका लागि चिनिया बैंकले लण्डन उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

उच्च अदालतले २२ मे मा ७१ करोड डलर चुक्ता गर्न आदेश दिएका थिएः

लण्डन उच्च अदालतले सन् २०२० मे २० मा अनिल अम्बानीले चिनियाँ बैंकलाई ७१ करोड डलर भुक्तानी गर्न आदेश दिएको थियो । साथै, कानूनी लागतको रुपमा ७.५ लाख पाउन्ड भुक्तान गर्न पनि भनेको थियो । यो भुक्तानी १२ जून २०२० सम्म गरिसक्नुपर्ने थियो । तर यसो हुन सकेन । १५ जूनमा चिनियाँ बैंकले अनिल अम्बानीको सम्पत्तिको खुलासा गर्नुपर्ने मागसहित याचिका दर्ता गरे ।

२९ जूनमा सम्पत्तिको घोषणा गर्ने आदेश दिएका थिएः

चिनियाँ बैंकको याचिकामा अदालतले २९ जूनमा अनिल अम्बानीलाई आफ्नो संसारभरी फैलिएको सम्पत्तिको घोषणा गर्न आदेश दिएको थियो । अनिल अम्बानीलाई ती सबै सम्पत्तिको जानकारी दिन भनियो जसमा उनको पूरा वा संयुक्त हिस्सेदारी छ । अदालतले ती सबै सम्पत्तिको जानकारी मागेको थियो जसको मूल्य १ लाख डलरभन्दा माथि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप