अन्तिम राजा र नयाँ शासकहरू

१.
अन्तिम हुनुको पीडा त
कक्षाकोठामा अन्तिम हुने
एउटा बच्चाले पनि बुझ्छ ।
तैपनि कुनै पनि राजवंशको
अन्तिम राजा हुनुको पीडा
बयान गर्ननसकिने हुन्छ ।
त्यसैले त राजा हुँदा
कहिल्यै नहाँस्ने मान्छे पनि
हाँस्दै हिँड्न थाल्छ
नाच्दै हिँड्न थाल्छ ।
२.
यो नौलो कुरै होइन ।
किरात, लिच्छवी, मल्ल
सबै वंशका अन्तिम राजाले
त्यो पीडा भोगेकै थिए ।
इतिहासभरि हरेक अन्तिम राजाले
फेरि एकपल्ट राजा बन्ने
बडेमानको ढुंगा जस्तो भारी धोको
अन्तिम साँससम्मन् छातीभित्र पालेर
निस्सासिएर बाँचेका थिए/मरेका थिए ।
३.
अनि खुशीको उन्मादले बहुलाउनु
नयाँ शासकहरूको प्रवृत्ति नै हो ।
त्यसैले त
राजा फालेका नयाँ शासकहरू
दिनहुँ भोज मनाइरहेका छन्
जनताका नाक, ओंठका
थरिथरि स्वादिष्ट परिकार बनाएर ।
(मूलतः नेपालभाषाका लेखक आर. मानन्धरको नेपालीमा दर्शन–साहित्यको पुस्तक “क्षितिजको स्पर्श” प्रकाशित छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई