केन्द्रीय संस्करण

बङ्गलादेशमा ७५ प्रतिशत व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त

person explore access_timeअसोज १०, २०७७ chat_bubble_outline0
file photo

एजेन्सी । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित विरामीमध्ये ७५.१ प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ । मुसलमान बहुल एसियाली यो मुलुकमा पछिल्लो २४ घण्टामा एक हजार १०६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र यसका कारण ३६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

योसँगै बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५७ हजार ६७३ पुगेको छ भने पाँच हजार १२९ सङ्क्रमितको मृत्यु भएको छ ।  यहाँ अहिलेसम्म सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या दुई लाख ६८ हजार ७७७ अर्थात् ७५.१ प्रतिशत रहेको छ भने सङ्क्रमितको मृत्युदर १.४३ प्रतिशत रहेको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.