शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा कोभिड–१९ खोप पत्ता लागेमा सहकार्य गर्ने घोषणा

शनिबार, १० असोज २०७७, २२ : ३७
शनिबार, १० असोज २०७७

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशले कोभिड–१९ विरुद्धको खोप विकास गरेमा खोप विकासबारे प्राप्त हुने जानकारी अन्य मुलुकसँग बाँड्ने घोषणा शनिबार गरेका छन् । संयुक्त राष्ट्र संघको साधारण सभालाई सम्बोधन गर्दै उनले भने, “अस्ट्रेलियाले कोभिड–१९ खोप परीक्षणमा हुने कुनै पनि खोजलाई बाँड्न प्रतिवद्ध छ ।” 

प्रभानमन्त्री मोरिसनले भने, “जसले खोप भेट्टाउँछ उसले यसलाई बाँड्नै पर्छ । विश्वव्यापी महामारी अन्त्यको लागि व्यापक साझेदारी नैतिक जिम्मेवारी हो ।”   “अष्ट्रेलियाको धारणा स्पष्ट छ । यदि हामीले कोभिड–१९ विरुद्धको खोप पत्ता लगायौँ भने हामी सहकार्य गर्नेछौ । विश्वव्यापी महामारीलाई अन्त्य गर्न यो वाचा हामी सबैले गर्नुपर्नेछ,” उनले थपे ।

सबैभन्दा बढी प्रभावित भिक्टोरियाका स्वास्थ्यमन्त्रीद्वारा राजिनामा 

विश्वका अन्य विकशित मुलुकको तुलनामा अष्ट्रेलियामा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या कम रहेको छ । शनिबार दिउँसोसम्म अस्ट्रेलियामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या २७ हजार १६ पुगेको छ भने गत २४ घण्टामा थप सङ्क्रमित पुष्टि भएका व्यक्तिको सङ्ख्या १७ रहेको छ । 

महामारीले सबैभन्दा बढी प्रभावित राज्य भिक्टोरियामा गत २४ घण्टामा नयाँ एक व्यक्तिको मृत्यु भएको छ । यससँगै अष्ट्रेलियामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको मृत्यु सङ्ख्या ८७० पुगेको छ भने ७८२ जना भिक्टिोरियाका रहेका छन् । 

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा देशभर कोभिड–१९ का कारण मृत्यु भएको सङ्ख्याको ८९.८ प्रतिशत व्यक्तिको मृत्यु भएपछि भिक्टोरिया राज्यका स्वास्थ्य मन्त्रीले नैतिकताको आधारमा शनिबार राजिनामाको घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप