केन्द्रीय संस्करण

प्रदेश ५ मा प्रदेशसभा नियमावली संसोधनका लागि श्रेष्ठको सभापत्विमा विशेष समिति गठन

person explore access_timeअसोज १०, २०७७ chat_bubble_outline0

बुटवल । पाँच नम्बर प्रदेशसभाको सञ्चालन नियमावली–२०७४ लाई व्यवहारिक बनाउनका लागि विशेष समिति बनाइएको छ । प्रदेशसभाको छैठौं अधिवेशनको २७ औं बैठकले प्रदेशसभा नियमावली संसोधन मस्यौदा विशेष समिति गठनको प्रस्ताव भुमिश्वर ढकालले गठनको प्रस्ताव अस्ती पेस गरेका थिए ।

उक्त गठनपछि पहिलो बैठक आज बस्दै सभापतिमा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । उक्त समितिको  सदस्यमा नेपाल कम्युनिष्ट पार्टीका सांसदहरु चेतनारायण आचार्य, पार्वती पुन गहतराज, रेवतीरमण पौडेल, कांग्रेसका रमा अर्याल, फकरुद्धिन खान र समाजवादी पार्टीका सहसराम यादव रहेका छन् ।

समितिले नियमावली संसोधनमा सुझावका लागि आउने हिउदे अधिवेशनसम्मको म्याद पाएको छ । संघियता कार्यान्वयनपछि बनेको प्रदेशसभामा संघीय संसदकै शैलीमा नियमावली बनाइएको थियो । सो निमावलीको पहिलो संसोधन अहिले कार्यान्वयनमा रहेको छ । 

तर यो नियमावलीका कतिपय प्राबधानहरु अव्यवहारिक हुदा कार्यान्वयनमा कठिनाई भइरहेको र नियमावलीलाई समयसापेक्ष बनाउन सांसोधन गर्न लागिएको हो । विशेष समितिका सभापति भोजप्रसाद श्रेष्ठले नियमावलीका कतिपय प्रक्रियाहरु कार्यान्वयनमा कठिनाई भएकाले त्यसको संसोधन गरिने बताए ।

उनले नियमावली संसोधनका लागि राष्ट्रिय अन्र्तराष्ट्रिय संसदीय अभ्यास, अन्य प्रदेशसभाको अनुभव, विज्ञहरुको अनुभव र ज्ञानलाई समेत समेटिने बताए । नियमावलीका प्राबधान कार्यान्वयन गर्न कठिनाई हुने, कतिपय बुदाहरु अन्य कानूनसंग बाझिने र सरकार र प्रदेशसभाबीचको समन्वयमा नियमावली बाधक हुने भएपछि यो संसोधन गर्न लागिएको हो । 

प्रदेशसभा र सरकार दुबैको सहमतिमा यो समिति गठन भएको छ । यो समिति प्रदेशको राजधानी र नामाकरणको सुझाव दिन गठन भएको समितिकै हैसियतको विशेष समिति हो । प्रतिवेदन संसदमा पेश गर्नासाथ कार्याकाल सकिने सभापति श्रेष्ठले बताए ।

नवगठित समितिले १५ दिनभित्र कार्ययोजना तय गरेर काम थाल्नेछ । संसोधनका विषयमा विज्ञहरुसंग समेत छलफल गरेर अघि बढ्ने तयारी समितिको रहेको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.