शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ को कृषि मन्त्रालयमा सचिवलाई हाजिर हुन नदिएकोमा एशोसिएशनको आपत्ति

शनिबार, १० असोज २०७७, १९ : २८
शनिबार, १० असोज २०७७

काठमाडौँ । प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले मन्त्रालयको सचिवमा हाजिर हुन आउनु भएका डा.सम्झनाकुमारी काफ्लेलाई रोकेको प्रति नेपाल भेटनरी एशोसिएशनले आपत्ति जनाएको छ ।  

पशुसेवा विभागबाट सरुवा भइ प्रदेश २ को कृषि मन्त्रालयमा हाजिर हुन जाँदा मन्त्री साहले आफ्ना मान्छे लगाएर हाजिर हुनबाट रोक्न लगाएका थिए । मन्त्री साह स्वयंले बाहिरका व्यक्तिहरु लगेर सचिवलाई हाजिर हुनबाट रोकेको त्यहाँका कर्मचारहिरुले आरोप लगाएका छन् ।

गत विहिवार मन्त्रालयमा मन्त्री साहले पठाएका व्यक्तिहरुले त्यहाँका कर्मचारीलाई दुरव्यवहार गर्नुको साथै सचिव काफ्लेको कार्यकक्षमा ताल्चा समेत लगाइएको थियो । मन्त्रालयमा भएको घटनाको छानविनका लागि मन्त्रालयले प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र राय यादवको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति समेत गठन गरेको छ ।

सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित नेपालको संघियताकै खिलाफ हुने गरी प्रदेश सरकारको गरिमामय पद धारण गरेको व्यक्तिको निर्देशनमा भएका यस्ता अवान्छित गतिविधिप्रति प्रदेश २ सरकार र संघीय सरकार मौन रहँदा संघियता कार्यान्वयनमा जटिलता आउनुका साथै सवै राष्ट्रसेवक कर्मचारीहरुको मनोवलमा नकरात्मक असर पर्ने दावी एशोसिएशनले दावी गरेको  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप