बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमित सैनिकको मृत्यु

शनिबार, १० असोज २०७७, १९ : ०३
शनिबार, १० असोज २०७७

नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निज जवानलाई यही असोज ६ गते लक्षण देखिएपछि आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार  गरिएकोमा त्यही निजको मृत्यु भएको जानकारी दिइएको छ । उनको पछिल्लो स्वाश परीक्षणमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो । 

यो घटनासँगै कोरोनाकारणबाट मृत्यु हुने सैनिकको  सङ्ख्या दुई पुगेको छ । सेनामा कोरोना सङ्क्रमितको सङ्ख्या  दुई हजार १९७ रहेकामा निको हुने ५३९ छन्  । सेनामा हाल कोरोना सक्रिय सङ्क्रमित एक हजार ६५६ रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप