बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनाउँदै लग्योः उपेन्द्र यादव

शनिबार, १० असोज २०७७, १८ : ४६
शनिबार, १० असोज २०७७

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनाउँदै लगेको आरोप लगाएका छन् । आज राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा धरासायी बनाउँदै लगेको बताएका हुन् । 

उनले भने,  ‘‘कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरुमा कम्युनिष्टहरुले मुलुकलाई धरासायी पारे र आफुपनि त्यसरी नै धरासायी भए । अहिले त्यही बाटोमा नेपाल पनि छ । भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ । यतिका काण्ड त पञ्चायति समयमा पनि भएका थिएनन होला ।’’

अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिष्ट पार्टीबाट मुकुकको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए । जनता उपचार र खाना नपाएर मरिरहेको भएपनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै उनले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए । लोक समाजवाद (समाजवाद, संघियता र लोकतन्त्र)को बाटोमा हिड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्ने तर्फ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।  आज राजधानीमा भएको एक कार्यक्रमकाबीच विभिन्न पार्टी परित्याग गरेकाहरु जनता समाजवादी पार्टी प्रवेश गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप