शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गृहमन्त्रीको अभिव्यक्तिले बलात्कारका घटनाहरुलाई प्रश्रय दियो : काँग्रेस

शनिबार, १० असोज २०७७, १८ : ४१
शनिबार, १० असोज २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बझाङ्गकी सम्झना कामीको बलात्कारपछि हत्या भएकोे घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउन  गराएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समन्वय समिति संयोजक उमा रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिमा बलात्कार, हत्या हिंसा, एसिड आक्रमण र यौन दुव्र्यवहार लगायतका अपराधिक घटनाहरु हुन नदिन सरकार प्रतिबद्ध नदेखिएको उल्लेख छ ।

बुधबार बझाङ्गको मष्टा गाउँपालिका वडा नं. २, खिकालाकी १२ बर्षीय बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो । यस्ता अपराधिक घटनाहरु देशमा दिनानुदिन एकपछि अर्को गरि घटिरहेको भन्दै आमनागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकार असफल भएको काँग्रेसले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, 'सरकारको लाचारी एवं गैरजिम्मेवार प्रवृत्तिप्रति हामी प्रश्न गर्न चाहान्छौं, कहिलेसम्म नेपाली महिलाहरु बलात्कृत हुने र ज्यान गुमाउनु पर्ने हो ? महिलाहरु निर्जिव मेशिनको रुपमा प्रयोग भइरहेका छन् । यस्ता अमानवीय कार्य तत्काल रोकिनु पर्दछ ।'

विगतमा भएका बलात्कार र हत्या हिंसामा संलग्न अपराधिलाई सरकारले कानूनी कठघरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न सकेको भए उक्त दुःखद घटना नुहने काँग्रेसको भनाइ छ । गृहमन्त्रीले संसदमै बलात्कार दिनप्रति दिन हुने घटना भनि दिएको गैरजिम्मेवरी अभिव्यक्तिले नै यस्ता घटनाहरुलाई प्रश्रय दिएको काँग्रेसको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, 'एक नाबालिकामाथि भएको क्रुरतापूर्वक बलात्कार र हत्याको हामी घोर भत्र्सना गर्दै उक्त घृणित कार्य गर्ने अपराधिलाई चाडो भन्दा चाडो पक्राउ गरी कडा भन्दा कडा सजाय दिलाउन र हत्या गरिएकी बालिकाको परिवारलाई उचित क्षतिपूर्ति दिन सरकार सँग जोडदार माग गर्दछौं ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप