शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जापानका नयाँ प्रधानमन्त्री विना सर्त किमलाई भेट्न तयार

शनिबार, १० असोज २०७७, १८ : २८
शनिबार, १० असोज २०७७

जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताएका छन् । उनलाई आफूले विना शर्त भेट्न तयार रहेको पनि उनले शुक्रबार स्पष्ट गरेका छन्। 

उनले भने, “जापानको नयाँ प्रधानमन्त्रीका रुपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै सर्त मसँगै छैन ।”संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उनले उत्तर कोरिया र जापानबीचको सम्वन्धलाई सामान्य बनाउन चाहेको पनि स्पष्ट पारे । 

उनले जापान—डिपीआरके प्योङ्गयाङ्ग घोषणाको स्मरण गर्दै त्यस अनुसार नै सम्वन्धलाई अगाडि बढाउने चाहेको पनि उल्लेख गरे । “आपसी सम्वन्ध र परमाणु सम्वन्धी विषयमा सन् २००२ मा भएको दुई पक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने कुरामा मेरो जोड छ,” उनले भने ।

प्रधानमन्त्री सुगाले टोकियो र प्योङ्गयाङ्गका बीचमा रचनात्मक र सन्तुलित सम्वन्धको पक्षमा नै आफु रहेको पनि जानकारी दिए । 
उनले आफु आफ्ना प्रतिबद्धता र उद्धेश्यबाट पछाडि हट्ने र राम्रो गर्ने अवसरलाई गुमाउने पक्षमा नरहेको पनि स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप