शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर एक पुरुषको शव फेला

शनिबार, १० असोज २०७७, १७ : ४३
शनिबार, १० असोज २०७७

मकवानपुरको कैलाश गाउँपालिका–५ बिमिरेखोलामा एक पुरुषको शव भेटिएको छ । कैलाश–५ का ३८ वर्षीय सोम सिन्तानको शव भेटिएको प्रहरी चौकी डाँडाखर्कका प्रहरी सहायक निरीक्षक तेजनारायण कुँवरले जानकारी दिए ।

कैलाश वडा नं १ र ५ को दोभानमा पर्ने बिमिरेखोलामा आज बिहानै शव देखेपछि स्थानीयवासीले वडाध्यक्षलाई खबर गरेका थिए ।  सिन्तान तीन दिनदेखि हराइरहेको कैलाश–५ का वडाध्यक्ष छेकु लामाले जानकारी दिए । उनी गत बिहीबार घरबाट खोलापारि बारीमा काम गर्न गएको र त्यसपछि नफर्किएको आफन्तहरुले बताएका छन् । सिन्तान बारीमा काम गर्न निस्केदेखि अविरलरूपमा वर्षा भएको थियो । उनी भोलिपल्ट अबेरसम्म घरमा नआएपछि आफन्तले खोजी शुरु गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप