केन्द्रीय संस्करण

कोरोना नियन्त्रणका लागि सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्छः राज्यमन्त्री मानन्धर

person explore access_timeअसोज १०, २०७७ chat_bubble_outline0

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । शनिबार साधना कलाकेन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको सहयोग भए मात्रै सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताए । 

उनले अहिले सरकारले गरेका कामहरुप्रति सबैले आलोचना मात्रै गरिरहेकाले पनि समस्या देखिएको बताए । करिब १० लाख मानिसहरुको पीसीआर परीक्षण गर्दा नै अर्बौं रुपैयाँ सकिएको तर नियन्त्रणमा आउन नसकेकाले सबैको सहयोगको आवश्यकता रहेको उनको भनाइ छ । कार्यक्रममा राज्यमन्त्री मानन्धरले कलाकारिता क्षेत्रको विकासकोे पहिलो अधार एक श्रष्टाले अर्को श्रष्टालाई सम्मान गर्नु नै रहेको बताए । 

कार्यक्रममा राज्यमन्त्री मानन्धरले साधना कला केन्द्रले अनलाइन मार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेका छन् । 

जसमध्ये प्रथम पुरस्कार ललितपुरकी कलाकार रुपा सापकोटाले प्राप्त गरिन् भने दोस्रो पुरस्कार दोलखाकी ममता तामाङ, तेस्रो पुरस्कार विराटनगरका डा. मन्जिल श्रेष्ठ र सान्त्वना पुरस्कार काठमाडौंका विमल रुचाल र निषादरत्न तुलाधरले प्राप्त गरे । 

साधना कलाकेन्द्रले आयोजना गरेको गायन प्रतियोगितामा अनलाइन माध्यमबाट विभिन्न १३ देशमा रहेका कलाकारहरुले सहभागिता जनाएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.