केन्द्रीय संस्करण
समाचार

काठमाडौंमा ५८३ कोरोना संक्रमित थपिए, देशभर २७ जना भेन्टिलेटरमा (विवरणसहित)

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१

person explore access_timeअसोज १०, २०७७ chat_bubble_outline0

बितेको २४ घण्टामा काठमाडौंमा थप ५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  संक्रमितमध्ये महिला १९९ र पुरुष ३८४ जना रहेका छन् । यस्तै भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी जम्मा ७२४ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा देशभर भने १२०७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको जानकारी दिए । 

उनका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८३३ र होम आइसोलेशनमा १० हजार ५०८ जना रहेका छन् । 
यस्तै आज पीसीआर १० हजार १९ जनाको भएको छ ।


यस्तै गत २४ घण्टामा १ हजार १४७ र निको भएका छन् भने यससँगै देशभर हालसम्म निको हुनेको कुल संख्या ५३ हजार १३ पुगेको छ । यस्तै कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ४ सहित ८ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २० र ७४ वर्षीय पुरुष रहेका छन् भने ललितपुर र भक्तपुरका क्रमशः ७६ र ८८ वर्षीय पुरुष रहेका छन् । यस्तै सप्तरीका ६६, मकवानपुरका ७४, रुपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ।  

यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ०.६५ प्रतिशतको मृत्यु भएको छ । 

शनिबारको विवरणअनुसार देशका विभिन्न अस्पतालमा २७ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् भने २२४ जना आईसीयीमा रहेका छन् । यस्तै ५०० भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लामा मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र श्रपन्देही रहेका छन् भने रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त जिल्ला बनेका छन् । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.