केन्द्रीय संस्करण

कैलालीमा सशस्त्र प्रहरी जवान मृत फेला

person explore access_timeअसोज १०, २०७७ chat_bubble_outline0

कैलालीको धनगढी–१४ स्थित खुटिया खोलामा सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् । सुर्खेतको लेकबेसी नगरपालिका घर भएका २१ वर्षीय कुमार सारु मगरको शव खोलामा फेला परेको सुदुरपश्चि प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले रातोपाटीलाई बताए ।

खोलामा टाउको बाहिर र जिउ भित्र भएको अवस्थामा स्थानीयले देखेपछि सशस्त्र प्रहरीको गोताखोरले उनको शव निकालेको थियो । शव पोष्टमार्टमको लागि सेती प्रादेशी अस्पताल धनगढीमा राखिएको छ । पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने एसएसपी सिंहले बताए । कुमार सारु बोर्डअर आउट पोष्ट बेस जुगेडा कैलालीमा कार्यरत थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.